मुलुकमा धार्मिक द्वन्द्व फैल्याउन खोजे कारबाही हुन्छ: गृहमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक संघ, संस्थाहरूलाई अपिल गरेका छन् ।
व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरूले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उनले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरे ।
शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरूलाई बोलाएर उनले मुलुकमा नियोजित रूपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिए । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।
उनले भने, ‘हाम्रो मुलुकको रक्षा गर्नु, एकतालाई सुदृढ गर्नका निम्ति पनि हामीले धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुतालाई बलियो बनाउनुपर्ने हुन्छ । यसको रक्षा गर्नैपर्ने हुन्छ । त्यसकारणले गर्दाखेरी हामीले यसले बढी ग-, हामीले किन नगर्ने ? भनेर धार्मिक संस्थाहरूले सोच्नुहुन्न भन्ने मेरो अनुरोध छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि गर्नेमाथि कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण