बढ्यो सुनको आयात कोटा, दैनिक २० किलो पुर्याइयो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा बढाएको छ । केन्द्रीय बैंकले दैनिक १० किलोग्राम सुन आयात गर्न मिल्ने व्यवस्थालाई बढाएर २० किलो पुर्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले दैनिक आयात हुने सुनको कोटा २० किलो पुगेको रातोपाटीलाई जानकारी दिए । उनले अन्तरवार्ताका क्रममा भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा सुनको आयात कोटा बढेको छ ।’
उनले आफ्नै नेतृत्वमा सुनको आयात कोटा बढाउन पहल गरेको बताए । सुनको आयात कोटा बढाउने बैठकमा आफूसहित उक्त पहलमा अर्थमन्त्री रामशरण महत र गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी रहेको उनले स्मरण गरे । यद्यपि, केन्द्रीय बैंकले सुनको आयात कोटा बढाउन परिपत्र भने जारी गरिसकेको छैन ।
बैठकपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केन्द्रीय बैंकलाई सुनको आयात कोटा बढाउन सिफारिस गरेको थियो । यसअघि, विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैंकले सुनको आयात कोटा १० किलोग्राममा झारेको थियो ।
तर प्रतिदिन आउने १० किलोग्राम सुनले बजार माग नधान्नेमा सबै निकाय जानकार थिए । सोहीकारण, कोटा बढाएर प्रतिदिन २० किलोग्राम पुर्याएपनि यसले समेत माग नधान्ने व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्म शाक्य नेपालमा दैनिक ३० देखि ३५ किलोग्राम सुनको माग रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण