आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘राजै’मा ललनासँग बलेको रोमान्स

आइतबार, ०७ असोज २०८०

काठमाडौँ । म्युजिक भिडियो निर्देशनमा लामो समयदेखि क्रियाशील महिला हुन् बबिता श्रेष्ठ । उनै क्षेत्र निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ ।

भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरियाको प्रेम, रोमान्स र ट्रयाजेटिको कथा समेटिएको छ । राजकुमार शाह, आर्यन पुडासैनी, दीपेश श्रेष्ठ पनि भिडियोमा देखिएका छन् । 

नेहार बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

माया प्रेमका कथा बुनिएको भिडियोको निर्माता राजेन्द्र पुरी हुन् । भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन र उत्सव दाहालको छायाकन छ । गीतलाई प्रेयसी म्युजिकले बाहिर ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया