बस्नेतको फिल्म ‘बबल’ लाई एक लाख पुरस्कार
काठमाडौंँ । सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ ले एक लाख नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतको फिल्म प्रथम हुँदै एकलाख नगद पुरस्कार जितेको हो ।
त्यसैगरी प्रतियोगितामा क्षितिज जैसवालको ‘वैराग्य’ ले दोस्रो र देव तामाङको ‘खोक्रो’ तेस्रो हुँदै क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गर्दै आएको अस्कर कलेजको आयोजना रहेको ‘पहिलो सर्ट फिल्म प्रतियोगिता’ मा १९ वर्ष मुनिका उमेर समूहका युवा फिल्मकर्मीबीच प्रतिस्पर्धा गराइएको थियो ।
गत भदौमा फिल्महरु आह्वान गरिएको प्रतियोगितामा २५ फिल्म मध्येबाट उत्कृष्ट तीन फिल्मलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार दिइएको हो । २५ मध्येबाट सात वटा फिल्म सर्ट लिस्टमा परेका थिए । सर्ट लिस्टमा परेका ७ फिल्म कलेजमा प्रदर्शन समेत गरिएको थियो । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ती फिल्मका निर्देशकहरुलाई सर्टिफिकेट प्रदान गरे ।
प्रतिस्पर्धामा समावेश फिल्महरु मनोजबाबु पन्त, फिल्म निर्देशक निरन्जनराज भेटवाल र छायाँकार उज्जल बस्ताकोटीको जुरीले छनौट गरेको हो । प्रतिस्पर्धामा पुरस्कृत ४ फिल्मका निर्देशकलाई अस्कर कलेजमा अध्ययन गर्न चाहेमा ५० प्रतिशत स्कलरसिप समेत दिने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण