अर्थतन्त्र सुधार्न पार्टीले अर्थमन्त्रीलाई निर्देशन दिनुपर्यो : रामजनम चौधरी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले अर्थतन्त्रलाई सुधारान्मुख बनाउन अर्थमन्त्रीलाई हामीले विशेष अनुरोध गर्नुपर्ने बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने- ‘नेपालको आर्थतन्त्र ध्वस्त भइसकेको छ । अर्थतन्त्रलाई सुधारान्मुख बनाउन हामीले विशेष गरी अर्थमन्त्रीलाई अनुरोध गर्नुपर्ने अवस्था छ ।’
कांग्रेस प्रवक्ता प्रकाशशरण महत अहिले अर्थमन्त्री छन् । चौधरीलले भने,‘अर्थतन्त्र नाजुक अवस्थामा छ । चलायमान भएको छैन । अर्थमन्त्रीलाई पार्टीले निर्देशन दिओस्,’ उनले भने ।
‘गाउँ–गाउँमा पार्टीका साथीहरुमा उत्साह कम पाएको उनले सुनाए । ‘कार्यकर्तालाई जोडिराख्न कार्यक्रम दिनुपर्ने अवस्था छ’ उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो आक्रमण भएको उनको भनाइ छ । ‘हाम्रो सहमहामन्त्री महेन्द्र यादवमाथि संघातिक आक्रमण भएको छ । यो गणतन्त्रमाथिको आक्रमण हो । यसमा हामी गम्भीर बन्नुपर्छ,’ चौधरीले भने ।
युवालाई आकर्षण गर्ने कार्यक्रम पार्टीले सञ्चालन गर्नुपर्यो । युवाहरु अहिले विदेश पलायन भइरहेका छन् । विद्यार्थीहरुको विदेश पलायन रोक्ने रणनीति बनाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण