सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करी छानबिन आयोग गठनबारे दलहरु छलफलमा

आइतबार, ०७ असोज २०८०, १४ : २६
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो । 

यसअघि शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले नेताहरुसँग गरेको छलफलमा कुरा नमिल्दा आयोग गठन हुन सकेको थिएन ।  

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

सुन तस्करी छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाउँदै आएको छ । 

एमालेले आयोगलाई छानबिनको पूर्ण अधिकार दिनुपर्ने माग गर्दै आएको छ भने सरकार पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप