बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

घुन्सा हेलिकप्टर दुर्घटनाको सम्झना

आइतबार, ०७ असोज २०८०, २० : ५१
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । विगतका वर्षहरु झैँ यो वर्ष पनि घुन्सा हेलिकप्टर दुर्घटनाको सम्झना गरिएको छ । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरी दुर्घटनामा परी ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण, दीप प्रज्वलन गर्दै सम्झना गरेको हो ।

ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटना भएको १७ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । 

समाजसेवी दिपेन्द्र बिष्टको, जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डे, सभापतित्वमा विज्ञान अर्याल, सनत गिरी, शिव खत्री, ज्योति गिरी लगायतकाे कार्यक्रममा उपस्थिति रहेको थियो ।

जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौँको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । 

सहरी विकास तथा भवन निर्माण विभागले प्रयाप्त रकम विनियोजन नगरेका कारण तीन वर्ष देखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले गति लिन नसकेकोमा कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा दुःख व्यक्त गरे । उनका अनुसार ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यलाई अगाडि बढाउनको लागि अमेरिका, बेलायत, रसिया, कोरिया, फिन्ल्याण्डको दूतावासमा समेत सहयोगका लागि अपिल गरिनेछ । 

विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के सहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप