विदेशमा कोमामा रहेका नेपालीलाई नेपाल ल्याइने
काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने भएको हो ।
मन्त्री शरतसिंह भण्डारीले कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर नेपालमै कोमामा राख्ने व्यवस्था मिलाउन लागिएको बताए । त्यसका लागि सम्बन्धित देशमा रहेको राजदूतावासलाई यकिन तथ्याङ्क सङ्कलन गर्न भनिएको छ ।
दूतावासले कोमामा रहेका बिरामीहरूको यकिन तथ्याङ्क सङ्कलन गरेपछि उनीहरूलाई सरकारले नै नेपाल ल्याउने मन्त्री भण्डारीले बताए । नेपाल ल्याएपछि उनीहरूलाई नेपाली सरकारी अस्पतालमा नै उपचारको व्यवस्था मिलाउने उनको भनाई छ ।
केही दिनअघि विभिन्न देशका राजदूतहरूसँग भएको छलफलको क्रममा समेत यो विषयले प्राथमिकता पाएको थियो । सरकारले उनीहरूलाई नेपालमा कसरी फर्काउन सकिने र उपचार कसरी गर्ने भन्ने विषयमा छलफल गरेको थियो । विस्तृत विवरण आएपछि उनीहरूलाई स्वदेश फर्काउने र उपचार गर्ने कार्य योजना रहेको मन्त्री भण्डारीले बताए ।
वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका कतिपय नेपालीहरू गम्भीर बिरामी परेर कोमामा जाने गरेका छन् । उनीहरूलाई स्वदेश फर्काउन नसकिँदा सम्बन्धित देशमा अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण