निडर भएर अगाडि बढेनौँ भने डुब्छौँ : दीपक गिरी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टी विधान र संविधान संशोधनका लागि सोच्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै उनले भने निडर भएर अगाडि नगए डुब्ने अवस्था आएको बताए ।
‘पार्टी विधान, मिश्रित निर्वाचन प्रणाली र हाम्रो संविधानका बारेमा पनि सोच्नुहोस् । डराउनुपर्दैन । निडर भएर अगाडि बढेनौँ भने डुब्छौँ,’ उनले भने ।
युवाहरूको विदेश पलायन रोक्न कांग्रेस समाधानसहित अगाडि आउनुपर्ने गिरीले बताए । ‘सबै निराश छन् । दिनानुदिन मानिसहरू बिदेसिएको अवस्था छ,’ उनी भन्छन्, ‘हामीले बैठकमा कुरा उठाउँछौँ । यो समाधान के हो ? अब कांग्रेस समाधानसहित अगाडि आउनुपर्छ ।’
गत वैशाख १० मा चितवन २ र तनहुँ १ मा निर्वाचन हार्दा पनि गहिरो ढंगले समीक्षा नभएको गिरीले बताए । चुनाव जित्नका लागि प्रविधिमैत्री रणनीति बनाउनुपर्ने उनको भनाइ थियो । आगामी मंसिरमा हुने महासमिति बैठक नाम मात्रको हुन नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण