बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

छोङछिङ सहर घुमफिर गर्दै प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, ०९ असोज २०८०, ०९ : ५७
मङ्गलबार, ०९ असोज २०८०

चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजधानी बेइजिङको भेटवार्ता सकेर मंगलबार बिहान छोङछिङ सहर घुमफिरमा लागेका छन् । 

प्रधानमन्त्री mप्रचण्डले आज छोङछिङ महानगरमा कृषि र उद्योगको अवलोकन गर्ने कार्यक्रम रहेको छ । मंगलबार दिनभर छोङछिङ घुमेर बुधबार बिहान तिब्बत जाने कार्यक्रम रहेको छ । 

छोङछिङ महानगर चीनको कृषि र उद्योगमा आधुनिकीकरण गरिरहेको सहर हो । छोङछिङ नगरपालिका चीनका शक्तिशाली नगरपालिका मध्ये एक हो । राजधानी बेइजिङ, शाङघाई, थियानचिन र छोङछिङ चारवटा नगरपालिका चीन सरकारको केन्द्रशाशित हुन । जसलाई सरकारले प्रान्त वा सो सरहको अधिकार दिएको छ । 

यी चार नगरपालिकाको पार्टी सचिव चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को पोलिटब्युरो सदस्य हुने गर्दछन् । 

छोङछिङमा स्थापना गरिएको गरिबी निवारण सहकार्य केन्द्रले चिनियाँ गरिबी निवारण अनुभवलाई दक्षिण एसियाली देशहरूसँग साझेदारी र सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ । 

प्रधानमन्त्री प्रचण्डलाई छोङछिङमा सो केन्द्र घुमाउने र अनुभव बताउने कार्यक्रम समेत रहेको छ । सो केन्द्रले दक्षिण एसियाली मुलुकको आर्थिक विकास, र जनस्तरमा गरिबी निवारणको लागि केन्द्रले सहयोग गर्ने योजना र लक्ष्य समेत अगाडि सारेको छ । 

यसअघि, चीनले नेपालसँग सहकार्य र सहयोग आदानप्रदानका लागि सिचवान र युनान प्रान्त र चीनको स्वायत्त तिब्बतबीच  सहकार्य गर्दै आएकोमा पछिल्लो समय छोङछिङ महानगर पनि सहयोग र सहकार्यमा थप गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप