छोङछिङ सहर घुमफिर गर्दै प्रधानमन्त्री प्रचण्ड
चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजधानी बेइजिङको भेटवार्ता सकेर मंगलबार बिहान छोङछिङ सहर घुमफिरमा लागेका छन् ।
प्रधानमन्त्री mप्रचण्डले आज छोङछिङ महानगरमा कृषि र उद्योगको अवलोकन गर्ने कार्यक्रम रहेको छ । मंगलबार दिनभर छोङछिङ घुमेर बुधबार बिहान तिब्बत जाने कार्यक्रम रहेको छ ।
छोङछिङ महानगर चीनको कृषि र उद्योगमा आधुनिकीकरण गरिरहेको सहर हो । छोङछिङ नगरपालिका चीनका शक्तिशाली नगरपालिका मध्ये एक हो । राजधानी बेइजिङ, शाङघाई, थियानचिन र छोङछिङ चारवटा नगरपालिका चीन सरकारको केन्द्रशाशित हुन । जसलाई सरकारले प्रान्त वा सो सरहको अधिकार दिएको छ ।
यी चार नगरपालिकाको पार्टी सचिव चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को पोलिटब्युरो सदस्य हुने गर्दछन् ।
छोङछिङमा स्थापना गरिएको गरिबी निवारण सहकार्य केन्द्रले चिनियाँ गरिबी निवारण अनुभवलाई दक्षिण एसियाली देशहरूसँग साझेदारी र सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई छोङछिङमा सो केन्द्र घुमाउने र अनुभव बताउने कार्यक्रम समेत रहेको छ । सो केन्द्रले दक्षिण एसियाली मुलुकको आर्थिक विकास, र जनस्तरमा गरिबी निवारणको लागि केन्द्रले सहयोग गर्ने योजना र लक्ष्य समेत अगाडि सारेको छ ।
यसअघि, चीनले नेपालसँग सहकार्य र सहयोग आदानप्रदानका लागि सिचवान र युनान प्रान्त र चीनको स्वायत्त तिब्बतबीच सहकार्य गर्दै आएकोमा पछिल्लो समय छोङछिङ महानगर पनि सहयोग र सहकार्यमा थप गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण