अभियन्ता ईः को साथमा कमल थापा, वार्ताको तयारीमा महानगर

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाउन पुगेका छन् । मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका थापा राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिएर विरोध गरिरहेका छन् ।
थापाले ऐक्यबद्धता जनाउँदै आफ्नो छातीमा ‘मलाई बालेन मन पर्छ, मलाई ईः मन पर्छ’, लेखिएको प्लेकार्ड झुन्ड्याएका छन् । साथै ईः ले उठाएका मुद्दा जायज रहेको पनि थापाले जनाएका छन् ।
‘सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ’, थापाले आफ्नो प्लेकार्डमा लेखेका छन् ।
मंगलबार बिहान नै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले ईः लाई भेट्न पुगेकी थिइन् । यसैबीच काठमाडौँ महानगरपालिकाले ईः सँग वार्ता गर्न १२ बजे बैठक बोलाएको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । वार्ता समिति गठन गर्ने विषयमा छलफल गर्न महानगरले १२ बजे बैठक बोलाएको आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी