अभियन्ता ईः को साथमा कमल थापा, वार्ताको तयारीमा महानगर
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाउन पुगेका छन् । मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका थापा राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिएर विरोध गरिरहेका छन् ।
थापाले ऐक्यबद्धता जनाउँदै आफ्नो छातीमा ‘मलाई बालेन मन पर्छ, मलाई ईः मन पर्छ’, लेखिएको प्लेकार्ड झुन्ड्याएका छन् । साथै ईः ले उठाएका मुद्दा जायज रहेको पनि थापाले जनाएका छन् ।
‘सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ’, थापाले आफ्नो प्लेकार्डमा लेखेका छन् ।
मंगलबार बिहान नै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले ईः लाई भेट्न पुगेकी थिइन् । यसैबीच काठमाडौँ महानगरपालिकाले ईः सँग वार्ता गर्न १२ बजे बैठक बोलाएको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । वार्ता समिति गठन गर्ने विषयमा छलफल गर्न महानगरले १२ बजे बैठक बोलाएको आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण