कर्णालीमा एमाले अधिवेशन: ६०४ जना प्रतिनिधिले भाग लिने
सुर्खेत । बुधवारदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने नेकपा एमालेको प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधिहरूले भाग लिने भएका छन् ।
प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार १० जिल्ला र मोर्चा/संगठनको गरी ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसअनुसार १९५ जना महिला र ४०७ जना पुरुष रहनेछन् ।
अधिवेशनमा ७३ जना पुरुष, ३८ जना महिला गरी १११ जना दलित प्रतिनिधित्व रहनेछ । जिल्लागत प्रतिनिधित्व भूगोल अन्तर्गत सुर्खेतबाट ११२, जाजरकोट ७५, दैलेख ७४, कालिकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुम पश्चिम २३ गरी ५५४ जना प्रतिनिधि रहेका छन् । विभिन्न २२ वटा मोर्चा तथा संगठनका ५० जनाको प्रतिनिधित्व रहने शाहले बताए ।
बुधवार दिउँसो १ बजे उद्घाटन हुने अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित हुने छ ।
यस्तै उद्घाटन कार्यक्रममा ५ हजार जनाको सहभागिता गराइने लक्ष्य रहेको अध्यक्ष शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण