वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताएका छन् ।
मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधानका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने दाबी गरे । उनले देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्ने काम अहिलेसम्म गर्न नसकेको बताए ।
पूर्वअर्थमन्त्री पौडेलले निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनि सदन र सडकबाट दबाब दिन आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायीहरु तयार हुनुपर्ने बताए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीबाट व्यवसायीका समस्या समाधान हुने आशा नरहेको बताए ।
पूर्वअर्थमन्त्री पौडेलले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्र सुधार हुँदै भएको सरकारको दाबी वास्तविकतामा आधारित नभएको बताए । उनले उत्पादन, आयात, निर्यात, माग, सप्लाई र रोजगारी समेत नभएको बताए । उनले सरकारले अर्थतन्त्रमा समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण