आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्ट पेशा बदनाम

मङ्गलबार, ०९ असोज २०८०, १९ : ४५
मङ्गलबार, ०९ असोज २०८०

विराटनगर । दक्ष फर्मासिस्टहरु गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुने विज्ञहरुले आग्रह गरेका छन् ।   

मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुलअन्तर्गत स्नातक तहमा बी फार्मेसी अध्ययन गरिरहेका विद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिङ्गो पेशा बदनाम भइरहेको गुनासो पनि गरे । 

उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा जोड दिए ।

फर्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख विजय रिजालले विना दक्षता र ज्ञान नभएकाहरुले गर्दा फार्मेसी पेशा बदनाम भइरहेकोले अनुगमन गरी विकृति नियन्त्रण गर्नुपर्ने धारणा राखे । 

उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनु भनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई बिरामीको ज्यान लिनु सरह हुने बताए । 

रजिष्ट्रार डा दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्याबलाई आफैले औषधी परीक्षण गर्न सक्ने मेघा ल्याबमा स्तरोन्नति गर्न लागेको बताए । 

उनले देशमा दक्ष फर्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले बी फार्मेसीको पठनपाठन सुरु गरेको र चाँडै व्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी विषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए । 

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले फार्मेसी पेशाको विकृति नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनु पर्नेमा जोड दिए । 

मनमोहनमा बी फार्मेसीमा अध्ययनरत विद्यार्थीहरुले कविता र वतृत्वकला प्रस्तुत गरेर सोमवार २५ औ विश्व फर्मासिस्ट दिवस मनाएका थिए । हरेक वर्षको २५ सेप्टेम्बरका दिनलाई विश्व फर्मासिस्ट दिवसका रुपमा मनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप