मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने भौतिक आक्रमण दुःखद र असह्य : शर्मा

बुधबार, १० असोज २०८०, १२ : ५८
बुधबार, १० असोज २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले चिकित्सकहरूमाथि हुने भौतिक आक्रमण असह्य भएको बताएका छन् । पछिल्लो समय बिरामीको मृत्युलाई लिएर चिकित्सकमाथि हातपात भएकोमा उनले दुःख व्यक्त गरेका हुन् । 

बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘जुनसुकै कारणले भएपनि स्वास्थ्यकर्मीहरू र स्वास्थ्य संस्थामाथि हुने गरेको दुर्व्यवहार, भौतिक आक्रमण तथा हातपातका घटना दुःखद र असह्य छ। वास्तविक कारण जान्ने कोसिस नै नगरी स्वास्थ्यकर्मीको योगदान र प्रयासको अवमूल्यन गर्दै  आक्रमण हुँदै आइरहेको छ । आफ्नो जोखिमको ख्याल नगरी बिरामीको ज्यान बचाउन र स्वस्थ समाजको परिकल्पनामा लागिपरेका सम्पूर्ण व्यक्ति तथा संस्था निराश भइरहेको अवस्था छ। अन्यथा भोलि तपाईं हामी उपचारका लागी अस्पताल जाँदा बिना उपचार फर्किन पर्ने स्थिति नआउला भन्न सकिँदैन।’

बारम्बार हुने यस्ता घटना आगामी दिनमा नहोस् भनेर स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था लाई आवश्यक सुरक्षाको अनुभूति गराउन ऐन कानुनको  निर्माण/कार्यान्वयन/परिमार्जन तुरुन्तै गर्नुपर्ने आवश्यक भएको छ उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप