अभिनेता सलिनमानले खोले वसन्तपुरमा कोरियन रेस्टुरेन्ट
बुधबार, १० असोज २०८०, १५ : ३७
काठमाडौँ । पछिल्लो समय कलाकार रेस्टुरेन्ट व्यवसायमा धमाधम देखिन थालेका छन् । यस्तैमा अभिनेता सलिनमान बनियाँले पनि रेस्टुरेन्ट व्यवसाय थालेका छन् ।
सलिनमानले साथीहरुसँग मिलेर काठमाडौँको पर्यटकीय क्षेत्र वसन्तपुरमा कोरियन रेस्टुरेन्ट ‘कोरियन किनी’ खोलेका हुन् । जसको जानकारी उनले सामाजिक संजाल मार्फत दिएका छन् ।
‘चिया अड्डा’ रहेको भवनको माथिल्लो तल्लामा सलिनको रेस्टुरेन्ट छ । मंगलबारदेखि सञ्चालनमा आएको रेस्टुरेन्टमा कोरियन खानाका परिकारहरु पाइनेछ । सलिनमान आफैँमा ‘कोरियन खाना’को पारखी हुन् ।
‘ए मेरो हजुर २’बाट फिल्म अभिनयमा देखिएका सलिनमानले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ अभिनय गरे । यात्रापछि कुनै पनि फिल्म अभिनय नगरेका उनलाई लिएर फिल्म बनाउन धेरै मेकर तयार छन् । तर उनी भने अभिनयबाट बाहिर रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण