एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केसर बहादुर बुढाथोकी रहेका छन् ।
यस्तै उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, दावादाेर्जे लामा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका हुन् ।
सचिवमा हस्त पण्डित, नवराज सिलवाल, रत्न गुरुङ र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै उपसचिवमा डबल पाण्डे, खड्गबहादुर खत्री, टासी लामा, गंगादेवी श्रेष्ठ, भक्तकुमारी लामा, ओमराज पन्त, कृष्णहरी थापा , ठाकुरप्रसाद गजुरेल र रमेश महर्जनले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी मनोनयनको क्रम साँझ ७ बजे सम्मलाई तोकिएको छ । मतदान भने बिहीबार बिहान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण