आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक संघ गण्डकीद्वारा विरोधका कार्यक्रमहरू स्थगित

बुधबार, १० असोज २०८०, २० : २०
बुधबार, १० असोज २०८०

काठमाडौँ ।  नेपाल चिकित्सक संघ गण्डकी शाखाले सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।  गृह मन्त्रालयले विज्ञप्ति जारी गरेसँगै  हालको लागि सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित भएको संघले जनाएको हो ।

गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको सांघातिक आक्रमण तथा अस्पताल तोडफोड भएको घटनाप्रति निन्दा गर्दै ९ गते देखि आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा बन्द गरिएको थियो । संघले नेपाल सरकार समक्ष विभिन्न मागहरू राखी विरोध कार्यक्रम सञ्चालन गरेको थियो । 

यसै सन्दर्भमा असोज ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीलाई विभिन्न माग राखिएको मागपत्र तथा  १० गते जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीमण्डलको कार्यालय सिंहदरबार काठमाडौँलाई ज्ञापन पत्र बुझाएको थियो ।

g

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप