चिकित्सक संघ गण्डकीद्वारा विरोधका कार्यक्रमहरू स्थगित
काठमाडौँ । नेपाल चिकित्सक संघ गण्डकी शाखाले सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गरेसँगै हालको लागि सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित भएको संघले जनाएको हो ।
गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको सांघातिक आक्रमण तथा अस्पताल तोडफोड भएको घटनाप्रति निन्दा गर्दै ९ गते देखि आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा बन्द गरिएको थियो । संघले नेपाल सरकार समक्ष विभिन्न मागहरू राखी विरोध कार्यक्रम सञ्चालन गरेको थियो ।
यसै सन्दर्भमा असोज ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीलाई विभिन्न माग राखिएको मागपत्र तथा १० गते जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीमण्डलको कार्यालय सिंहदरबार काठमाडौँलाई ज्ञापन पत्र बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण