महाराजगञ्जमा पूर्व आईजीको पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्
बुधबार, १० असोज २०८०, २२ : ३४
काठमाडौँ । काठमाडौँको महाराजगञ्नमा पूर्व आईजीपी ध्रुब बहादुर प्रधानको सुरक्षामा खटिएका (पीएसओ)की पत्नी गोली लागेको अवस्थामा भेटिएकी छन् । प्रधानको पिएसओ लक्ष्मण चौधरीकी पत्नी सर्मिला चौधरी गोली लागेको अवस्थामा डेरामा भेटिएकी हुन् ।
काठमाडौँ महानगरपालिका–४ पञ्चकन्या स्थित डेराबाट उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पतालमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । एसपी ढुंगेलका अनुसार सर्मिलाको कोखामा गोली लागेको छ । पीएसओले बोक्ने पेस्तोलबाट सर्मिला आफैंले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुँदा असई लक्ष्मण डेरामा थिएनन् । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापा नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
सर्मिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला