महाराजगञ्जमा पूर्व आईजीको पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्
बुधबार, १० असोज २०८०, २२ : ३४
काठमाडौँ । काठमाडौँको महाराजगञ्नमा पूर्व आईजीपी ध्रुब बहादुर प्रधानको सुरक्षामा खटिएका (पीएसओ)की पत्नी गोली लागेको अवस्थामा भेटिएकी छन् । प्रधानको पिएसओ लक्ष्मण चौधरीकी पत्नी सर्मिला चौधरी गोली लागेको अवस्थामा डेरामा भेटिएकी हुन् ।
काठमाडौँ महानगरपालिका–४ पञ्चकन्या स्थित डेराबाट उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पतालमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । एसपी ढुंगेलका अनुसार सर्मिलाको कोखामा गोली लागेको छ । पीएसओले बोक्ने पेस्तोलबाट सर्मिला आफैंले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुँदा असई लक्ष्मण डेरामा थिएनन् । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापा नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
सर्मिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण