रौतटहको अंशु ट्रेडर्समा आगलागी
बिहीबार, ११ असोज २०८०, १० : ३४
रौतहट । रौतहटको गरुडाको अंशु ट्रेडर्समा आगलागी भएको छ । गएराति भएको आगलागीबाट पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
स्थानीय रामजनम साहले सञ्चालन गरेको उक्त फर्नीचर पसलमा अचानक भएको आगलागी बाट १ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
डिएसपी खनालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर ३ वटा दमकलको सहयोगमा करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट वा बालिएको धूप सल्किएर घटना भएको अनुमान गरिएको डिएसपी खनालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण