एसियाली खेलकुदको महिला फुटबलमा बंगलादेशसँग बराबरीमा रोकियो नेपाल
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको छैठौँ दिन बिहीबार खेलिएको महिला फुटबलमा नेपाली टोली बराबरीमा रोकिएको छ । समूहगत चरणको खेलमा नेपाल र बंगलादेशले १—१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
समूह ‘डी’ अन्तर्गतको उक्त खेलमा सुरुआती अग्रता भने बंगलादेशले लिएको थियो । खेल सुरु भएको ४४ औँ मिनेटमा बंगलादेशका लागि सविना खातुनले गोल गरेकी थिइन् । सोही गोलका कारण पहिलो हाफमा बंगलादेश अगाडि रह्यो ।
निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि नेपालले जवाफी गोल गरेको थियो । नेपालका लागि रेखा पौडेलले जवाफी गोल गरेकी हुन् । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली भियतनामसँग ०—२ गोलले पराजित भएको थियो ।
यसैगरी आफ्नो दोस्रो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी जापानसँग ०—८ गोलले पराजित भएको थियो । नेपाली टोली उपाधि होडबाट बाहिरिएको छ । नेपालसँग बंगलादेश पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण