बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको महिला फुटबलमा बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

बिहीबार, ११ असोज २०८०, १७ : ३१
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको छैठौँ दिन बिहीबार खेलिएको महिला फुटबलमा नेपाली टोली बराबरीमा रोकिएको छ । समूहगत चरणको खेलमा नेपाल र बंगलादेशले १—१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

समूह ‘डी’ अन्तर्गतको उक्त खेलमा सुरुआती अग्रता भने बंगलादेशले लिएको थियो । खेल सुरु भएको ४४ औँ मिनेटमा बंगलादेशका लागि सविना खातुनले गोल गरेकी थिइन् । सोही गोलका कारण पहिलो हाफमा बंगलादेश अगाडि रह्यो ।

निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि नेपालले जवाफी गोल गरेको थियो । नेपालका लागि रेखा पौडेलले जवाफी गोल गरेकी हुन् । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली भियतनामसँग ०—२ गोलले पराजित भएको थियो । 

यसैगरी आफ्नो दोस्रो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी जापानसँग ०—८ गोलले पराजित भएको थियो । नेपाली टोली उपाधि होडबाट बाहिरिएको छ । नेपालसँग बंगलादेश पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप