चिकित्साकर्मीहरुलाई आक्रमण गर्नेमाथि कारबाही हुनुपर्छ : विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चिकित्साकर्मीहरुमाथिको आक्रमण आपत्तिजनक भएको बताएका छन् । आन्दोलनरत् चिकित्सकहरुको माग जायज रहेको भन्दै अपराधी जो सुकै भए पनि कारबाही हुनु पर्ने बताए ।
'अस्पतालमा पटक पटक डाक्टर र चिकित्साकर्मीहरुमाथि आक्रमण हुनु आपत्तिजनक विषय हो, उनी भन्छन्, 'यसको घोर निन्दा गर्दछु। आन्दोलनरत् चिकित्सकहरुको माग जायज हो। अपराधी जो सुकै भए पनि कारबाही हुनु पर्दछ।'
असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुने उनको भनाइ छ । 'असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुनेछ। सरकारको ध्यान जाओस्,' नेता निधिले भने ।
केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटवल, मोरङ, पाटन लगायतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो । त्यसको विरोधमा चिकित्सकहरु आन्दोलित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण