शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद

पक्राउ सख्या ६ पुग्यो
शुक्रबार, १२ असोज २०८०, १६ : ४८
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ । 

बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्काले रातोपाटीलाई बताए । बुधवार प्रहरीले ४ किलो सुन बरामद गरेको थियो ।

चार किलो सुन सहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा सर्च गर्दा थप ३ केजी सुन भेटिएको डिएसपी खड्काले जानकारी दिए । केशर बिगु–१ का स्थानीय हुन् । तर, उनी बिगु–३ जामुने स्थित सिता तामाङको घरमा डेरामा बस्दै आएका छन् ।

सुन ओसार पसारमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बिगु–१ घर भएका राज तामाङलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए । सुन प्रकरणमा पक्राउ पर्नेको संख्या छ पुगेको छ ।

यसअघि प्रहरीले बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप