दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद
काठमाडौँ । दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ ।
बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्काले रातोपाटीलाई बताए । बुधवार प्रहरीले ४ किलो सुन बरामद गरेको थियो ।
चार किलो सुन सहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा सर्च गर्दा थप ३ केजी सुन भेटिएको डिएसपी खड्काले जानकारी दिए । केशर बिगु–१ का स्थानीय हुन् । तर, उनी बिगु–३ जामुने स्थित सिता तामाङको घरमा डेरामा बस्दै आएका छन् ।
सुन ओसार पसारमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बिगु–१ घर भएका राज तामाङलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए । सुन प्रकरणमा पक्राउ पर्नेको संख्या छ पुगेको छ ।
यसअघि प्रहरीले बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण