४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराध मुद्दा
_iI3io2pyqQ.jpg)
काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान थालेको छ । बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ छन् ।
आरोपितहरू विरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको दोलखाका डिएसपी दीपक खड्काले रातोपाटीलाई बताए ।
बिगु गाउँपालिका–३ जामुनेमा डेरा गरेर बस्ने केशर तामाङसमेतले अवैध रुपमा तस्करी गरेर ल्याएको सुन लुकाएर राखेको सुराक पाएपछि प्रहरीले केशर बहादुर तामाङको कोठा सर्च गर्दा सुन भेटिएको थियो । केशर, पेम्बा र माधवको बयानका आधारमा नुर्वु छिरिङ र सुनमाला बिहीबार भीमेश्वर नगरपालिका–६ स्थित शुभकामना होटलबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : ६ वटा विषयमा केन्द्रित हुने
-
प्रचण्डको ध्यान पूर्वतिर
-
सङ्घीयताकै माध्यमबाट सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरिएको हो : बर्तौला
-
टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी
-
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँ : सांसद सिंह