४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित अपराध मुद्दा
काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान थालेको छ । बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ छन् ।
आरोपितहरू विरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको दोलखाका डिएसपी दीपक खड्काले रातोपाटीलाई बताए ।
बिगु गाउँपालिका–३ जामुनेमा डेरा गरेर बस्ने केशर तामाङसमेतले अवैध रुपमा तस्करी गरेर ल्याएको सुन लुकाएर राखेको सुराक पाएपछि प्रहरीले केशर बहादुर तामाङको कोठा सर्च गर्दा सुन भेटिएको थियो । केशर, पेम्बा र माधवको बयानका आधारमा नुर्वु छिरिङ र सुनमाला बिहीबार भीमेश्वर नगरपालिका–६ स्थित शुभकामना होटलबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण