सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको लापसे चेकिङ :  ३ जना चालक नियन्त्रणमा

शुक्रबार, १२ असोज २०८०, २० : ००
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । काठमाडौँको थलीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ३ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बा३ख ४०३६ नम्बरको बस चालक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ का २३ वर्षीय विक्रम तामाङ, बा२ज ५६३९ नम्बरको ट्याक्सी चालक सिन्धुलीको सुनकोशी गाउँपालिका २ का २५ वर्षीय सुरज श्रेष्ठ र बा२ज ३८७६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ८ का ४३ वर्षीय उमानाथ चौलागाँईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त बौद्धको  संयुक्त टोलीले आज २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए । 

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए  । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप