मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु
शनिबार, १३ असोज २०८०, १० : ३२
सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी रहेकाको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लिइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले आफन्तहरूले वीरेन्द्रनगरको मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण