जुम्ला र कालिकोटमा माओवादी प्रवास कमिटीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
कालिकोट । पार्टीको पक्षमा माहौल बनाउन प्रवास र स्थानीय कमिटीलाई जोड्ने योजनाअनुसार नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीले जुम्ला र कालिकोटमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पार्टीको जनतासँग माओवादी विशेष रूपान्तरण कार्यक्रम अन्तरगत प्रवासी नेपालीमाझ पार्टीको पक्षमा माहौल चलाइरहेको प्रवास कमिटीले कालिकोट र जुम्लामा समेत पुगेर विशेष अन्तरक्रिया गरेको हो ।
शनिवार कालिकोटको पिलीमा माओवादीले विशेष अन्तरक्रिया गरेर पार्टीको अभियानका बारेमा छलफल गरेको छ । २०६२ साल साउन २३ गते पिलीमा तत्कालीन माओवादी र सेनाबिच भीषण लडाइ भएको स्थानमा माओवादीले कार्यक्रम गरेको हो । कार्यक्रममा प्रवास समन्वय समितिका सह इन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष ओम शर्मा, सदस्य मनऋषि धितालसहित विजय शर्मालगायत सहभागी थिए ।

सो अवसरमा बोल्दै पन्तले जनयुद्धको केन्द्र पिलीलाई पार्टीले सधैँ सम्झिरहने बताए । उनले प्रवास र देशभित्रका कमिटीलाई जोड्ने अभियान अनुसार आफूहरू कालिकोट आइपुगेको बताए । उनले जनताको मनमनमा रहने गरी पार्टीको पक्षमा काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
यस्तै अध्यक्ष ओम शर्माले पिलीको लडाइँ सुनौलो इतिहास भएको बताए । उनले पिलीको लडाइ नभएको भए गणतन्त्र नै नआउने दाबी गरे । पिलीको लडाइँले नै जनयुद्धले नयाँ मोड दिएको उनको भनाइ थियो । यस्तै प्रवास समन्वय समितिका सदस्य मनऋषि धितालले कर्णालीका जनताको सुखदुखमा पार्टी क्रियाशील रहेको बताए ।
खाँणचक्र नगरपालिका वडा नम्बर पिलीका अध्यक्ष वडाध्यक्ष दीपक कार्कीलगायतले अभियान सञ्चालनबाट पार्टीको पक्षमा धेरै राम्रो सुधार आइरहेको बताए । स्मरणीय छ, २० वर्षअघि पिलीमा लडाइँ हुँदा धिताल र शर्माले लाइभ रिपोर्टिङ गरेका थिए ।

समितिको टिम मान्मामा पार्टीको कर्णाली प्रदेश सदस्य बिनिता काफ्लेले स्वागत गरेकी थिइन् । यसैबीच जुम्लाको सिंजा गाउँपालिकाको वडा नम्बर २ मा पनि प्रवास समितिले कार्यक्रम गरेको छ । सो कार्यक्रममा वडाध्यक्ष तीर्थ वड, पूर्वअध्यक्ष नरेन्द्र शर्मा, जनमुक्ति सेनाका पूर्व कमान्डर रवि किरणलगायतले अभियानका बारेमा आफ्नो विचार राखेका थिए । उनीहरूले पार्टी रूपान्तरण माथिल्लो तहबाट हुनुपर्ने धारणा राख्दै माओवादीलाई नातावाद र कृपावादबाट टाढा राखिनुपर्नेमा धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष शर्माले कर्णालीका जनतासमेतको त्याग तपस्याले पार्टी बनेको भन्दै जनतालाई खुसी बनाउने काममा माओवादी लागिपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भएनन् मौद्रिक नीतिका दुई दर्जन लक्ष्य
-
‘फलानाको दाजु’, ‘फलानाकी बहिनी’, ‘फलानाको आफन्त’ भर्ती भएको समाचार आएपछि सङ्ग्रौलाले उठाइन् प्रश्न
-
गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
-
पूर्वउपरथी खत्रीलाई चिकित्सा शिक्षा आयोग नेतृत्वकाे जिम्मा
-
फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाली राजधानीमा विस्फोट
-
क्युबाभर विद्युत् अवरुद्ध, अमेरिकी दबाबले गहिरियो ऊर्जा संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण