सुर्खेतमा जीप दुर्घटना, ९ जना घाइते

सुर्खेत । वीरेन्द्रनगरमा डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा नौँ जना घाइते भएका छन् । शनिवार राति ८ बजेको समयमा वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका २ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको गाडी वीरेन्द्रनगर नगरपालिका–४ लाँदे नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।
घाइते हुनेमा गाडी चालक चिङ्गाड गाउँपालिका–२ बस्ने का वर्ष २० कृष्ण खड्का, सोही ठाउँ बस्ने वर्ष १५ कि इन्द्रा राना, वर्ष ३३ कि मिना जिसी उनका छोरा वर्ष ८ का केशव राना रहेका छन् ।
यस्तै सोही ठाउँ बस्ने वर्ष वर्ष ३१ कि गङ्गा खत्री, वर्ष ३३ का नवीन खड्का, वर्ष ४० का नर बहादुर रोकाय, वर्ष २८ कि कौसिला बस्नेत र वर्ष ३३ का नर बहादुर खड्का रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्रसिङले जानकारी दिए ।
उनकाअनुसार ४ जनाको अवस्था गम्भिर रहेको र अरुको सामान्य रहेको छ । उनीहरु सबैको उपचार मायाँ नर्सिङ्ग होममा उपचार भइरहेको छ । जीप अनियन्त्रित भएर सडकको दाँया साइडदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल
-
श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुनको प्रस्ताव
-
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
-
नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १०० क्यासब्याक
-
राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप
-
नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्