गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
गण्डकी । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/८४ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ‘बजेटमाथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरे।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले अघिल्ला बजेटको तुलनामा अहिलेको बजेटमा चालु खर्च घट्नु र पुँजीगत खर्च बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले बजेटमा समेटिएका रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, कृषिको बजारीकरणलगायत कार्यक्रम कार्यान्वयनमा जोड दिए।
प्रदेशसभा सदस्य लिलबहादुर थापा मगरले नागरिकको माग र आवश्यकतामा आधारित भएर बजेट ल्याउने प्रयास गरेको बताए । सरकारले चालु खर्च कम गर्दै जानुपर्ने उनको भनाइ छ । उनले बजेट निर्माण र वितरणमा प्रणाली बसाल्नुपर्ने बताए।
प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आन्तरिक राजस्व बढाउन नसक्दा घाटा बजेट बनाउनुपर्ने अवस्था रहेको बताए। उनले प्रदेश सरकारले वर्षौँअघि घोषणा गरेका लोकाहाखोला र पूँडीटार औद्योगिक क्षेत्र निर्माण अगाडि बढाउनुपर्ने बताए।
प्रदेशसभा सदस्य बिन्दु पौडेलले ‘रिटर्न टु भिलेज’ लगायत आर्थिक उत्पादन र रोजगारी सिर्जनाका महत्त्वपूर्ण कार्यक्रमलाई बजेटले समेटेको बताइन्। पुँजीगत बजेट समयमा खर्च हुन नसक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन्।
प्रदेशसभा सदस्य पार्वती तामाङले सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट आएको बताइन् । उनले नवप्रवर्तन, उद्यमशीलता, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई जोड दिइनु बजेटको सकारात्मक पक्ष भएको बताइन् । प्रदेशसभा सदस्य सीताकुमारी सुन्दास, महेश भट्टराई, भक्तबहादुर कुँवरलगायतले बजेटमाथिको छलफलका क्रममा आ–आफ्ना धारणा राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण