माल्दिभ्सविरुद्ध पहिलो विकेट गुमायो नेपालले
आइतबार, १४ असोज २०८०, ०७ : ०४

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । आशिफ शेख मात्र ६ रन बनाएर क्याच आउट भएका हुन् । नेपालले २० रनको स्थितिमा पहिलो विकेट गुमाएको हो । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
आजको खेलमा पनि नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रेको छ । नेपाली टोलीमा पौडेलसहित आशिफ शेख, कुशल मल्ला, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी जीत हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
-
अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल
-
श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुनको प्रस्ताव
-
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
-
नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १०० क्यासब्याक
-
राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप