माल्दिभ्सविरुद्ध पहिलो विकेट गुमायो नेपालले
आइतबार, १४ असोज २०८०, ०७ : ०४
काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । आशिफ शेख मात्र ६ रन बनाएर क्याच आउट भएका हुन् । नेपालले २० रनको स्थितिमा पहिलो विकेट गुमाएको हो । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
आजको खेलमा पनि नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रेको छ । नेपाली टोलीमा पौडेलसहित आशिफ शेख, कुशल मल्ला, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी जीत हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण