माल्दिभ्सका ६ जना खेलाडीले खाता नै खोल्न सकेनन्, टी–२० मा दोस्रो खराब रेकर्ड
काठमाडौँ । चीनमा जारी एसियाली खेलकुदमा माल्दिभ्सका ब्याट्सम्यान नेपाली बलरहरू सामु निरीह देखिए । आफ्नो दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो ।
माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अङ्कमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।
एउटै टी–२० खेलमा ६ जना खेलाडी शून्यमा आउट भएको दोस्रो खराब रेकर्ड हो । एउटै खेलमा सन् २०१९ मा चेक गणतन्त्रविरुद्ध टर्कीका ८ जना खेलाडी शून्यमा आउट भएका थिए । त्यतिबेला टर्कीको टोलीमा २१ रनमा समेटिएको थियो । एउटै खेलमा ६ जना खेलाडी शून्यमा आउट गर्ने नेपाल एक्लो टोली भने होइन । यस्तो टी–२० खेलमा धेरै पटक भएको छ ।
अभिनाश बोहराले घातक बलिङ गर्दै माल्दिभ्सका ६ विकेट लिए । अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनी दुवै पटक ह्याट्रिक लिनबाट भने चुके । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए ।
त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण