टनेल गोलभेँडाको थोक मूल्य ६४ रुपैयाँ, अन्य तरकारीको यस्तो छ मूल्यसूची
काठमाडौँ । आज कालिमाटी फलफुल तथा तरकारी बजारमा टनेल गोलभेँडाको थोक मूल्य प्रतिकिलो ६४ रुपैयाँ कायम भएको छ । समितिले प्रत्येक विहान कालिमाटी तरकारी बजारमा हुने कारोबारको आधारमा आफ्नो वेभसाइटमा मूल्यसूची सार्वजनिक गर्छ ।
यसअनुसार, आज कालिमाटी थोक बजारमा बिक्री हुने गोलभेँडामध्ये टनेल गोलभेँडाको भाउ सबैभन्दा धेरै छ । थोक बजारमा गोलभेडाको मूल्य सस्तो रहेपनि उपभोक्ताको चुलोसम्म पुग्दा अचाक्ली महँगो छ । थोक बजारबाट उपभोक्तासम्म पुग्दा २/३ चरण पार गर्नुपर्ने भएकाले खुद्रा बजारमा गोलभेँडाको मूल्य कम्तिमा प्रतिकिलो १३० रुपैयाँ कायम छ ।
यस्तै, आज ठूलो गोलभेडाको थोक मूल्य किलोमा ४५ रुपैयाँ, गोलभेँडा सानोको मूलय ५५ रुपैयाँ, भारतीय सानो गोलभेँडाको ५५ रुपैयाँ कायम छ । यसबाहेक, रातो आलुको थोक मूल्य ५७ रुपैयाँ, मुडे आलुको मूल्य ४९ रुपैयाँ र सेतो आलुको मूल्य ४५ रुपैयाँ छ ।
सुकेको प्याज प्रतिकिलो ७३ रुपैयाँमा कारोबार भइरहँदा लोकल गाँजर ११५, बन्दा ४५, काउली ८५ र रातो मूला ७५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ । लाम्चो भन्टा ५५, बोडी ६५, मटरकोशा ३१० रुपैयाँ र टाटे सिमी ५५ रुपैयाँ तोकिएको छ ।
यसबाहेक, लौका ३५, परवर ४५, चिचिण्डो ३५, घिरौला ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहँदा कन्या च्याउको थोक मूल्य १६० छ । यस्तै, डल्ले च्याउको थोक मूल्य ३५३ रुपैयाँ हुँदा न्यूरोको मूल्य ८५ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण