शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टोखा नगरपालिकामा प्रथम कर सप्ताह अभियान शुरु

आइतबार, १४ असोज २०८०, १५ : १५
आइतबार, १४ असोज २०८०

काठमाडौँ । टोखा नगरपालिकाले आइतबारदेखि शनिवारसम्म प्रथम कर सप्ताह अभियान शुरु गरेको छ । 

आइतवार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान शुरु गरेको टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । उनले नगरपालिकाले नगरपालिका भित्र रहेर व्यापार व्यवसाय गर्ने लगायत अन्य करको दायरामा नआएकाहरुलाई करको दायरामा ल्याउन आकर्षित गरी कर शिक्षा दिनु मुख्य उद्देश्य रहेको बताए । उनले गत वर्ष नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड कर संकलन गरेको बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ३० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । उनले ३० करोड राजश्व उठाउने लक्ष्य अनुसार नगरपालिकाले ६ दिने कर सप्ताह अभियान शुरु गरेको बताए । स्थानीय जनतालाई कर किन तिर्ने,कहाँ तिर्ने,किन तिर्नपर्छ, व्यवसाय कहाँ दर्ता गराउने जस्ता विषयमा कर शिक्षा दिएर सचेता बनाउन चाहेको उनले बताए । 

टोखा नगरपालिकाले सोमवारदेखि बिहीवार तीन दिन करदाताहरुको घरदैलोमा गएर करदाता शिक्षा प्रदान गर्ने भएको छ । कर सप्ताह २०८० को नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारः दिगो र पराकिलो स्थानीय कर आधार रहेको छ । १८ गते टोखा नगरपालिकाका सामुदायिक र सरकारी विद्यालयहरुमा नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारः दिगो र पराकिलो स्थानीय कर आधार विषयमा वक्तृत्वकला प्रतियोगिता गर्ने नगरपालिकाले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप