टोखा नगरपालिकामा प्रथम कर सप्ताह अभियान शुरु
काठमाडौँ । टोखा नगरपालिकाले आइतबारदेखि शनिवारसम्म प्रथम कर सप्ताह अभियान शुरु गरेको छ ।
आइतवार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान शुरु गरेको टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । उनले नगरपालिकाले नगरपालिका भित्र रहेर व्यापार व्यवसाय गर्ने लगायत अन्य करको दायरामा नआएकाहरुलाई करको दायरामा ल्याउन आकर्षित गरी कर शिक्षा दिनु मुख्य उद्देश्य रहेको बताए । उनले गत वर्ष नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड कर संकलन गरेको बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ३० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । उनले ३० करोड राजश्व उठाउने लक्ष्य अनुसार नगरपालिकाले ६ दिने कर सप्ताह अभियान शुरु गरेको बताए । स्थानीय जनतालाई कर किन तिर्ने,कहाँ तिर्ने,किन तिर्नपर्छ, व्यवसाय कहाँ दर्ता गराउने जस्ता विषयमा कर शिक्षा दिएर सचेता बनाउन चाहेको उनले बताए ।
टोखा नगरपालिकाले सोमवारदेखि बिहीवार तीन दिन करदाताहरुको घरदैलोमा गएर करदाता शिक्षा प्रदान गर्ने भएको छ । कर सप्ताह २०८० को नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारः दिगो र पराकिलो स्थानीय कर आधार रहेको छ । १८ गते टोखा नगरपालिकाका सामुदायिक र सरकारी विद्यालयहरुमा नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारः दिगो र पराकिलो स्थानीय कर आधार विषयमा वक्तृत्वकला प्रतियोगिता गर्ने नगरपालिकाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण