बीवाईडीले गर्यो सियोले घोचेर ब्याट्री परीक्षण
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडी गाडीमा प्रयोग हुने ब्याट्रीलाई सियोले घोचेर परीक्षण (नेल पेनिट्रेसन टेस्ट) गरिएको छ । सवारीमा प्रयोग भएको ब्याट्रीको गुणस्तर देखाउन बीवाईडी गाडीले नेपालमा सियोले घोचेर परीक्षण गरेको हो ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी हेडक्वाटर र भारतमा बीवाईडीको बिक्रेताको सहयोगमा काठमाडौँमा ब्याट्री परीक्षण गरेको हो । परीक्षणमा बीवाईडी सवारीमा प्रयोग हुने ब्लेड ब्याट्री र अर्को ब्याट्रीलाई एकै स्थानमा राखेर परीक्षण गरेको छ ।

त्यसक्रममा बीवाईडी सवारीमा प्रयोग हुने ब्याट्री ब्लास्ट भएन भने सोही परीक्षणका क्रममा अर्को ब्याट्री ब्लास्ट भएको थियो । परीक्षणका क्रममा दुईवटा ब्याट्रीलाई डोमभित्र राखेर सियोले घोच्दा बीवाईडी ब्याट्री नपड्किएको हो भने अर्को ब्याट्री भने पड्किएको थियो ।
यो परीक्षणका लागि ब्याट्रीको तापक्रम बढाइन्छ र डोमभित्र सुरक्षित रुपमा राखेर सियोले घोचिन्छ । परीक्षणका लागि ब्याट्रीको तापक्रम ३० देखि ६० डिग्री पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण