बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको सुखद सुरुवात

सोमबार, १५ असोज २०८०, ०९ : ५८
सोमबार, १५ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको महिला कबड्डी टोलीले सोमबार सुखद सुरुआत गरेको छ । जारी एसियाली खेलकुदमा कबड्डीको स्पर्धा सोमबारदेखि नै सुरु भएको हो ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको हो । प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीले बंगलादेशलाई ३७—२४ अङ्कले पराजित गर्‍यो । नेपालले आफ्नो दोस्रो खेल मंगलबार इरानसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी भए नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप