सरकारमा बसेर तैँ चुप मैँ चुपको धन्दा हामी चलाउँदैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सुशासनको अभियान सरकारले जारी राख्ने बताएका छन् । भ्रष्टाचार, अपराधीकरणलाई प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्नु सरकारको मिसन भएको जिकिर गर्दै अभियान जारी राख्ने बताएका हुन् ।
‘सरकारमा पनि रहिराख्ने अनि तैं चुप मैँ चुपको धन्दा हामी चलाउँदैनौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल मन्त्र बनाएको छ । यो अभियान जारी रहन्छ,पूर्णविराम लाग्दैन’, सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने- ‘हामी भ्रष्टाचारविरुद्धको अभियान अगाडि बढाउँछौँ । अपराधीकरणको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्छौँ ।’
कर्मचारीले सुराकीका नाममा र मन्त्रीले अपारदर्शी रूपले खर्च गर्न पाउने पञ्चायतकालीन प्रावधान खारेज गरेर सुशासनको अभियान अगाडि बढाएको श्रेष्ठले बताए । नक्कली शरणार्थी प्रकरण, ललिता निवास, ६१ किलो सुन छानबिनसहित मुद्दा दायर भएको, सामन्तवादको अवशेषका रूपमा रहेको मिटर ब्याजलाई नियन्त्रण र कारबाही गर्न सरकारले नयाँ ऐन बनाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण