प्रहरी र कर्मचारी नहुँदा प्रदेश सरकार नाममात्रको बनेको छः मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारलाई अधिकार र श्रोतसाधनबिहीन बनाइँदा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको बताएका छन् ।
सोमबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारमा अधिकार, श्रोतसाधन र जनशक्तिको अभाव रहेको बताएका हुन् ।
उनले अधिकार, श्रोतसाधन र जनशक्तिको अभावमा प्रदेश सरकार धान खेतमा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको बताए । उनले प्रहरी र कर्मचारी नहुँदा प्रदेश सरकार नाम मात्रको बनेको बताए। मन्त्री श्रेष्ठले गठबन्धन सरकारको न्यूनतम साझा नीति, कार्यक्रममा बढीमा ६ महिनाभित्र प्रहरी समायोजन गरिसक्ने प्रतिबद्धता भएको उल्लेख गर्दै ६ महिना बितिसक्दा पनि प्रहरी समायोजन हुन नसकेको बताए ।
मन्त्री श्रेष्ठले संघीयता अनुरुपको ऐन, कानूनहरु निर्माण हुन नसक्दा गणतन्त्र मासेर राजतन्त्र पुनस्र्थापना गर्ने र संघीयता मासेर एकात्मक केन्द्रीकृत राज्य व्यवस्था फर्काउने अभिव्यक्तिहरु आउन थालेका बताए ।
उनले धर्मनिरपेक्षताको ठाउँमा पुनः हिन्दु राज्य बनाउने हुंकार पनि आउन थालेको बताए । उनले सरकारको कामकारबाहीले प्रतिगामीहरूलाई मलजल पुगिरहेको हुनसक्ने भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ भएको बेलामा पनि प्रहरी समायोजन र निजामती ऐन बनेन भने संघीयताको भविष्यमाथि नै प्रश्नचिन्ह खडा हुने बताए । उनले गृहमन्त्री श्रेष्ठलाई संविधानको मर्म अनुसारका आवश्यक ऐन, कानुनहरु फटाफट निर्माण गर्न आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण