चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर २५ हजार घुससहित पक्राउ
सोमबार, १५ असोज २०८०, २१ : ०९

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियरलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ मा कार्यरत विजया लक्ष्मी पन्तलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले रातोपाटीलाई बताए ।
आयोगबाट खटिएको टोलीले उनको साथबाट २५ हजार घुस रकम बरामद गरेको छ । सतुगंल स्थित खाजा पसलबाट उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सह–सचिव दाहालले जानकारी दिए ।
घर निर्माण सम्पन्न भएको प्रमाण पत्र उपलब्ध गराएबापत असिस्टेन्ट सब–इन्जिनियर पन्तले घुस मागेकी हुन् । उनी यसअघि पनि सोही नगरपालिकाको वडा नम्बर–१० मा कार्यरत थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको विधान महाधिवेशन: समयमै हुनेमा आशङ्का
-
इटालीको नयाँ मुख्य प्रशिक्षकमा गट्टुसो नियुक्त
-
ढोरपाटन सडक सञ्जालमा जोडियो
-
इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ
-
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल