चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर २५ हजार घुससहित पक्राउ
सोमबार, १५ असोज २०८०, २१ : ०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियरलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ मा कार्यरत विजया लक्ष्मी पन्तलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले रातोपाटीलाई बताए ।
आयोगबाट खटिएको टोलीले उनको साथबाट २५ हजार घुस रकम बरामद गरेको छ । सतुगंल स्थित खाजा पसलबाट उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सह–सचिव दाहालले जानकारी दिए ।
घर निर्माण सम्पन्न भएको प्रमाण पत्र उपलब्ध गराएबापत असिस्टेन्ट सब–इन्जिनियर पन्तले घुस मागेकी हुन् । उनी यसअघि पनि सोही नगरपालिकाको वडा नम्बर–१० मा कार्यरत थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण