चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता
काठमाडौँ । राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध रु १५ करोड बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।
उनीहरुमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ७ सि ४२२४ नंको कारलाई रोकी जाँच गर्ने क्रममा उक्त कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान (रु ३४ लाख) र पाँच सय दरका दुई हजार थान (रु १० लाख) फेला पारी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।
त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रतिवादीहरु प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरी प्रतिवादी प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट उक्त रकम आएको पाइएको अधिकारीले बताए ।
विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्य प्रतिवादीहरुलाई दिन बुझाउन बाँकी रहेको रकम रु ८३ लाख ३८ हजारसमेत गरी जम्मा रु एक करोड २७ लाख ३८ हजार बरामद गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रतिवादी अरुण यादवको हकमा रु आठ करोड करोड ६५ लाख ६० हजार र प्रतिवादी पवनकुमार यादवलाई रु पाँच करोड आठ लाख ८८ हजार गरी जम्मा बिगो रु १५ करोड एक लाख ८६ हजार आठ सय बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ ।
प्रतिवादीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आएकाले सोही अनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण