कालोबजारी रोक्न उदय शमशेरले सरकारलाई गराए ध्यानाकर्षण
मङ्गलबार, १६ असोज २०८०, १३ : ५७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले गएको तीन महिनामा महँगी अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कालोबजारी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।
‘अहिले काठमाडौँको बजार र अन्य बजारमा कालोबजारी अत्यधिक बढेको छ । दसैँलाई ध्यानमा राखी कालोबजारी रोक्न म सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने ।
उनले चिनीको भाउ तीन महिनाअघि एक किलोको ८०–९० रुपैयाँ भएकोमा अहिले बढेर १२०–१३० रुपियाँ पुगेको बताए । यस्तै चामलको भाउ पनि २० प्रतिशत पुगेको उनले बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकोमा भने उनले सरकारलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण