कालोबजारी रोक्न उदय शमशेरले सरकारलाई गराए ध्यानाकर्षण
मङ्गलबार, १६ असोज २०८०, १३ : ५७

काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले गएको तीन महिनामा महँगी अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कालोबजारी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।
‘अहिले काठमाडौँको बजार र अन्य बजारमा कालोबजारी अत्यधिक बढेको छ । दसैँलाई ध्यानमा राखी कालोबजारी रोक्न म सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने ।
उनले चिनीको भाउ तीन महिनाअघि एक किलोको ८०–९० रुपैयाँ भएकोमा अहिले बढेर १२०–१३० रुपियाँ पुगेको बताए । यस्तै चामलको भाउ पनि २० प्रतिशत पुगेको उनले बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकोमा भने उनले सरकारलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित