इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु

इटहरी । इटहरी उपमहानगरपालिकाले मंगलबारदेखि श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहनेहरुको श्रम स्वीकृति इटहरी उपमहानगरपालिकाबाट सुरु भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार मेयर हेमकर्ण पौडेलले इटहरीमा बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरुवात गरेका हुन् ।
वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलको भनाइ छ । 'कृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ,’ मेयर पौडेलले भने ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बीच क्यासलेस इन्स्योरेन्स सम्झौता
-
प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु
-
सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
-
प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा
-
प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता