लगानीको वातावरण बनाउन सरकार कटिबद्ध छ–मन्त्री रिजाल
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीको वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएका छन् । सुर्खेतको चौकुनेस्थित सिमेन्ट उद्योग स्थापना गरी तत्काल सञ्चालन गर्ने सम्बन्धमा मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री रिजालले यस्तो बताएका हुन् ।
उद्योगपति अजय सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिजले एक दशक अगाडीदेखि इजाजत अनुमतिपत्र लिए पनि हालसम्म उद्योग स्थापना गरी सञ्चालनमा आउन सकेको छैन । उद्योग सञ्चालनमा आउन नसकेपछि मन्त्री रिजाल र सम्बद्ध उद्योगपति र सारोकारवालाबीच मन्त्रालयमा छलफल भएको हो ।
छलफलमा सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद हृदयराम थानीले दशक अघिदेखि लाइसेन्स लिएको उद्योग तत्काल सञ्चालन गर्न मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज र सरकार दुवै पक्षले पहल गर्नुपर्ने बताए । सांसद थानीले मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिजले उद्योग सञ्चालन गर्न नसक्ने हो भने अन्य विकल्प खोज्न समेत ढिलो गर्न नहुने सुझाव दिए ।
उद्योगपति सुमार्गीले भने आफूले वैदेशिक लगानी भित्र्याई उद्योग सञ्चालन गर्न खोजेकोमा पहिलेदेखि नै नेपाल सरकार र नेपाल राष्ट्र बैँकबाट आफूलाई असहयोग भइरहेको गुनासो गरे । छलफलमा मन्त्री रिजालले उद्योगपतिहरूलाई असहयोग गर्ने सरकारको कुनै अभिप्राय नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण