शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लगानीको वातावरण बनाउन सरकार कटिबद्ध छ–मन्त्री रिजाल

मङ्गलबार, १६ असोज २०८०, १८ : २९
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीको वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएका छन् । सुर्खेतको चौकुनेस्थित सिमेन्ट उद्योग स्थापना गरी तत्काल सञ्चालन गर्ने सम्बन्धमा मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री रिजालले यस्तो बताएका हुन् ।

उद्योगपति अजय सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिजले एक दशक अगाडीदेखि इजाजत अनुमतिपत्र लिए पनि हालसम्म उद्योग स्थापना गरी सञ्चालनमा आउन सकेको छैन । उद्योग सञ्चालनमा आउन नसकेपछि मन्त्री रिजाल र सम्बद्ध उद्योगपति र सारोकारवालाबीच मन्त्रालयमा छलफल भएको हो ।

छलफलमा सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद हृदयराम थानीले दशक अघिदेखि लाइसेन्स लिएको उद्योग तत्काल सञ्चालन गर्न मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज र सरकार दुवै पक्षले पहल गर्नुपर्ने बताए । सांसद थानीले मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिजले उद्योग सञ्चालन गर्न नसक्ने हो भने अन्य विकल्प खोज्न समेत ढिलो गर्न नहुने सुझाव दिए ।

उद्योगपति सुमार्गीले भने आफूले वैदेशिक लगानी भित्र्याई उद्योग सञ्चालन गर्न खोजेकोमा पहिलेदेखि नै नेपाल सरकार र नेपाल राष्ट्र बैँकबाट आफूलाई असहयोग भइरहेको गुनासो गरे । छलफलमा मन्त्री रिजालले उद्योगपतिहरूलाई असहयोग गर्ने सरकारको कुनै अभिप्राय नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप