कांग्रेस सभापति देउवा अस्वस्थ, तीन दिनदेखि भेटघाट बन्द
बुधबार, १७ असोज २०८०, ११ : ३७

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । राजनीतिक भेटघाट बन्द गर्नु भएको छ ।’ विश्वकर्माका अनुसार देउवालाई सुरुमा रुघाखोकी लागेको थियो ।
‘सुरुमा रुघाखोकी लागेको थियो। टन्सिल बढ्यो । हल्लाका ज्वरो पनि आयो । अहिले उहाँ आराम गरिरहनु भएको छ,’ उनले भने । देउवाले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए । ‘टन्सिल हुँदा बोल्न गाह्रो हुँदा भेटघाट बन्द गर्नु भएको हो । स्वास्थ्य अवस्था सामान्य नै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा सकिनु पर्ने ‘फास्ट ट्र्याक’को काम आठ वर्षमा बल्ल ४० प्रतिशत
-
विभिन्न माग राखी कर्मचारीले बुझाए समितिमा हस्ताक्षर
-
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
-
अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द
-
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाई सुरुवात
-
ओलीको व्याख्या : जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप