कांग्रेस सभापति देउवा अस्वस्थ, तीन दिनदेखि भेटघाट बन्द
बुधबार, १७ असोज २०८०, ११ : ३७
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । राजनीतिक भेटघाट बन्द गर्नु भएको छ ।’ विश्वकर्माका अनुसार देउवालाई सुरुमा रुघाखोकी लागेको थियो ।
‘सुरुमा रुघाखोकी लागेको थियो। टन्सिल बढ्यो । हल्लाका ज्वरो पनि आयो । अहिले उहाँ आराम गरिरहनु भएको छ,’ उनले भने । देउवाले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए । ‘टन्सिल हुँदा बोल्न गाह्रो हुँदा भेटघाट बन्द गर्नु भएको हो । स्वास्थ्य अवस्था सामान्य नै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण