नेप्से सूचक ९ अंकले बढ्यो, १ अर्ब १८ करोडको कारोबार
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ९.२४ अंकले बढेर १९ सय ६७.९७ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९ सय ५८.७२ अंकमा झरेको थियो ।
तथापि, आज नेप्से सूचक बढेपनि कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
अघिल्लो दिन २७ अंकले नेप्से घटेको बजारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बैंकिङ समूहको उपसूचक झिनो प्रतिशतले घट्न पुगेको छ भने बाँकी १२ वटा उपसूचक धनात्मक भएका छन् । आज सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक १.४२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.३७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ ।
आज मध्ये भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६१ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण