सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ९ अंकले बढ्यो, १ अर्ब १८ करोडको कारोबार

बुधबार, १७ असोज २०८०, १५ : ४७
बुधबार, १७ असोज २०८०

 काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ९.२४ अंकले बढेर १९ सय ६७.९७ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९ सय ५८.७२ अंकमा झरेको थियो । 

तथापि, आज नेप्से सूचक बढेपनि कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

अघिल्लो दिन २७ अंकले नेप्से घटेको बजारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज बैंकिङ समूहको उपसूचक झिनो प्रतिशतले घट्न पुगेको छ भने बाँकी १२ वटा उपसूचक धनात्मक भएका छन् । आज सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक १.४२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.३७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ । 

आज मध्ये भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६१ प्रतिशतले घट्न पुगेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप