फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
मनिला । गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाएका छन् ।
राष्ट्रपति मार्कोसले सेप्टेम्बरको सुरुमा सामान्य चामलको खुद्रा मूल्य प्रतिकेजी ३१ पेसो (फिलिपिन्सको मुद्रा) र उच्च गुणस्तरको मूल्य प्रतिकेजी ४५ पेसो तोकेका थिए ।
यसले बजारलाई विकृत बनाउने र चामलको अभाव सिर्जना हुने भन्दै केही अर्थशास्त्रीहरूले राष्ट्रपतिको उक्त कदमको आलोचना गरेका थिए ।
राष्ट्रपति मार्कोसको आर्थिक समूहकी एक सदस्यले सामाजिक सञ्जालमा उक्त योजनाको खिल्ली उडाएपछि उनलाई बर्खास्त गरिएको थियो ।
“आजदेखि हामीले सामान्य चामल र उच्च गुणस्तरको चामल दुवैका लागि मूल्य सीमा हटाएका छौँ”, छापा मारेर बरामद गरिएको एक हजार बोरा चामल गरिबहरूलाई वितरण समारोहमा उनले भने ।
कृषिमन्त्रीसमेत रहेका राष्ट्रपति मार्कोसले चामलको मूल्यमा लगाइएको सीमा हटाउने यो उपयुक्त समय भएको बताए ।
एक करोड १० लाख जनसङ्ख्या भएको फिलिपिन्सको मुख्य खाद्यान्न चामल हो । तर उसले पर्याप्त चामल उत्पादन गर्न सकेको छैन । फिलिपिन्स विश्वको प्रमुख चामल आयातकर्ता पनि हो ।
गत जुलाईमा मुद्रास्फीति दर चार दशमलव सात प्रतिशत रहेकामा अगस्टमा बढेर पाँच दशमलव तीन प्रतिशत पुगेपछि मार्कोस सरकारले उपभोक्ता मूल्यमा नियन्त्रण गर्न कोसिस गरिरहेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण