‘रिगल’ विरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा
काठमाडौँ । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ । न्यायाधीश मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण