बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद सोचेजस्तो भएन : कप्तान पौडेल

बिहीबार, १८ असोज २०८०, १२ : ५४
बिहीबार, १८ असोज २०८०

काठमाडौँ ।  चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले प्रतियोगितामा सोचेजस्तो नतिजा नआएको बताए । 

उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए । विश्व रेकर्ड बन्दा भने टिम धेरै नै खुसी भएको उनले बताए । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनले बताए । टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताए । 

त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुसी लागेको बताए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । अनुभव बटुल्ने मौका भएकाले आगामी खेलमा झनै राम्रो गर्ने उनले बताए ।

एसियाड गेममा सहभागी भई स्वदेश फर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप