उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीका क्रिकेट खेलाडी सम्मानित
काठमाडौँ । चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच क्रिकेट खेलाडीलाई आज सम्मान गरिएको छ ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबीच उनीहरूलाई सम्मान गरेका हुन्। सम्मानित हुने खेलाडीमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवं नेपाल प्रहरीमा आबद्ध करण केसी र गुल्सन झा रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रियस्तरका महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी सङ्गठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताए ।
उनले आफूभित्रको स्पोर्टस्म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीलाई आग्रह गरे ।
यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र सङ्गठनलाई गर्व र हर्ष महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा सम्मानित खेलाडीहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान ऐरीले नेपाल प्रहरी सङ्गठनमा आबद्ध भएकामा गौरव महसुस गरेको बताए । आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण