सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मधेस प्रदेशमा फेरि फुटाइयो मन्त्रालय, बिना विभागीय मन्त्री साहलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

जनमतले दियो सरकार छोड्ने चेतावनी
बिहीबार, १८ असोज २०८०, २२ : २५
बिहीबार, १८ असोज २०८०

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारीविहीन अवस्थामा रहेकी जसपाकी विना विभागीय मन्त्री सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका छन् ।  मन्त्रिपरिषद् बैठकले  सिफारिस गरे पनि अधिकारीक  जिम्मेवारी भने प्राप्त भई नसकेको उनले बताए ।

उनले भने, ‘प्रदेश प्रमुख काम विशेषले विराटनगर जानुभएको छ । उहाँ भोलि साँझसम्म आउनुहुन्छ अनि विज्ञप्ति निकालेपछि अधिकारीक रूपमा उहाँले पदभार ग्रहण गर्नुहुनेछ ।’  मन्त्री साहले शपथ ग्रहण गरिसकेको हुनाले प्रदेश प्रमुखले विज्ञप्ति निकालेपछि उनले एकैचोटी पदभार ग्रहण गर्ने निमित्त सचिव यादवले जानकारी दिए ।

यस्तै शिक्षा तथा समाज कल्याण मन्त्रालयको को जिम्मेवारी सम्हालिरहेका मन्त्री महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रालय फुटाएर उनलाई सो जिम्मेवारी दिइएको हो । 

सचिव यादवले भने,– ‘हिजै विज्ञप्ति जारी भइसक्थ्यो तर सिफारिस पत्र ढिलो गरी आएपछि विज्ञप्ति प्रकाशन भएन ।’ जनमत पार्टी मधेस प्रदेश दलका नेता समेत रहेका मन्त्री यादवले भने कुनै छलफल नै नगरी मन्त्रालय फोडिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले भने– ‘मुख्यमन्त्री कार्यालयबाट मन्त्रालय फोड्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गइसकेको छ । तर, प्रमाणीकरण अहिलेसम्म भएको छैन । मन्त्रिपरिषद्बाट समेत निर्णय भएको छैन । यदि त्यो सिफारिस प्रमाणीकरण भयो भने सरकार छोड्ने सम्मको निर्णय गर्न बाध्य हुन्छौँ ।’

प्रदेश प्रमुखले भाेली मन्त्रालय फोड्ने सिफारिस प्रमाणीकरण गरे मधेस प्रदेशमा मन्त्रालयको संख्या १३ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप