दशरथ रंगशालामा विश्वकप–२०२६ को छनोट खेल : ७३ लाख बजेट
काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा यही असोज २५ गते विश्वकप २०२६ क्वालिफायर एसियन राउन्ड १ अन्तरगत खेल हुने भएको छ । सो दिन नेपाल र लावसबीचको पहिलो लेगको फुटबल खेल सम्पन्न हुन गइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
सो खेलका लागि मुख्य प्रशिक्षक भिसेन्जो अटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । छनौट खेलको लागि एन्फाले सम्पूर्ण तयारी अगाडि बढाएको प्रवक्ता सुरेश शाहले जानकारी दिए । फिफा वरियतामा लावसको वरीयता १८६ स्थानमा रहेको छ भने नेपालको १७५ औँ स्थानमा रहेको छ ।
खेलको कमर्सिलय र मिडिया राइट सिंगापुरस्थित स्पोर्टलाइभ लाई प्रदान गरिएको छ भने टिकट दर साधारण पारापिटतर्फ रु ३०० र भिआइपी पारापिटतर्फ रु ५०० कायम गरिएको शाहले बताए ।
खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैले व्यवस्थापन गरी बिक्री गर्ने उनको भनाइ छ । खेलका लागि लावसको टोली अक्टोबर ९ मा नेपाल आइपुग्ने र प्रशिक्षणको लागि च्यासल स्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको उनले बताए ।
शाहका अनुसार प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रुपैयाँ (५६,६८० अमेरिकी डलर) रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण