बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
फुटबल

दशरथ रंगशालामा विश्वकप–२०२६ को छनोट खेल : ७३ लाख बजेट

शुक्रबार, १९ असोज २०८०, १४ : ४४
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा यही असोज २५ गते विश्वकप २०२६ क्वालिफायर एसियन राउन्ड १ अन्तरगत खेल हुने भएको छ । सो दिन नेपाल र लावसबीचको पहिलो लेगको फुटबल खेल सम्पन्न हुन गइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

सो खेलका लागि मुख्य प्रशिक्षक भिसेन्जो अटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । छनौट खेलको लागि एन्फाले सम्पूर्ण तयारी अगाडि बढाएको प्रवक्ता सुरेश शाहले जानकारी दिए । फिफा वरियतामा लावसको वरीयता १८६ स्थानमा रहेको छ भने नेपालको १७५ औँ स्थानमा रहेको छ । 

 खेलको कमर्सिलय र मिडिया राइट सिंगापुरस्थित स्पोर्टलाइभ लाई प्रदान गरिएको छ भने टिकट दर साधारण पारापिटतर्फ रु ३०० र भिआइपी पारापिटतर्फ रु ५०० कायम गरिएको शाहले बताए । 

खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैले व्यवस्थापन गरी बिक्री गर्ने उनको भनाइ छ । खेलका लागि लावसको टोली अक्टोबर ९ मा नेपाल आइपुग्ने र प्रशिक्षणको लागि च्यासल स्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको उनले बताए । 

शाहका अनुसार प्रतियोगिताको अनुमानित बजेट  ७३ लाख ६८ हजार ४०० रुपैयाँ (५६,६८० अमेरिकी डलर) रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप